सार्वजनिक शौचालय र जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माणका लागी उपभोक्ता समिति गठन
एशिव शरण महत ,भीरकोट- भीरकोट नगरपालिका वडा न १ मा निर्माण हुन लागेका सार्वजनीक शौचालय र जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माणको लागी तिन ओटा टोल विकास संस्थाका समंयोजक सहित स्थानीयहरुको भेला मार्फत उपभोक्ता समिति गठन गरीएको छ ।
भेलाले भीरकोट नगरपालिका वडा न १ विच वजार स्थीत ९९ चोकमा निर्माण हुन लागेको सार्वजनिक शौचालय निर्माणको लागी मदन केसीको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति गठन गरीएको हो । प्रदेश सरकारवाट प्राप्त ९ लाख ५० हजार र नगरपालिका वाट अरु थप गर्ने गरी २० लाख को लागतमा सुविधा सम्पन्न अपांगमैत्री सार्वजनिक शौचालय निर्माण हुने छ । सुविधा सम्पन्न सार्वजनिक शौचालय व्यवसाय प्रायोजनका लागी १ सटर सहितको ४ कोठे पक्की शौचालय निर्माण गरी संचालमा ल्याउने नगर प्रमुख छायाराम खनालले वताउनु भयो ।
त्यसैगरी भीरकोट नगरपालिका वडा न १ को वडा कार्यालय परीसरमा निर्माण हुने, जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माणका लागी जोग वहादुर केसीको अध्यक्षतामा ९ सदस्य जेष्ठ नागरीक दिवा सेवा केन्द्र निर्माण उपभोक्ता समिति गठन गरीएको छ । गण्डकी प्रदेश र स्थानीय सरकारको लगानीमा निर्माण हुन लागेको जेष्ठ नागरीक दिवा सेवा केन्द्र सुविधा सम्पन्न र सवै कुराको व्यवस्था सहितको केन्द्र निर्माण गरीने भन्दै नगर प्रमुख छायाराम खनालले दिन विताउन गाह्रो भैइ वसीरहेका जेष्ठ नागरीक केन्द्रमा आए संगै दिन वितेको थाहानै नपाउने खालको निर्माण गरीने भन्दै सवै वर्गको सम्मान हुन सके मात्र नगरपालिकाको विकास भई समृद्ध भीरकोट निर्माण तर्फ अगाडी वढ्ने वताउनु भयो ।
उपभोक्ता समिति गठन कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य,प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना लगायतले सिमित स्रोत साधनलाई उच्चतम सदुपयोग गरी नमूना योग्य कार्य गर्नु पर्ने कुरामा जोड दिनु भयो । भीरकोट वडा न का वडा अध्यक्ष एंव नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षयतामा सम्पन्न कार्यक्रमको संचालन सुचना अधिकारी राम प्रसाद खनालले गर्नुभएको थियो ।











