नगर स्तरिय हाजरिजवाफ प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

नवलपरासी –बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा युवा तथा बाल क्लब खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत नगर स्तरिय हाजरिजवाफ प्रतियोगिता वडा नम्बर ७ को त्रिनेत्र अध्यात्मिक चिन्तन केन्द्र जिमरेभारको सभाहलमा शनिबार सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको अध्यक्षता तथा प्याब्सनका जिल्ला सल्लाहकार गुरुदत्त गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा बर्दघाट नगरपालिका भित्रका विद्यालय र क्लब गरि नौ वटा समुहको सहभागिता रहेको थियो ।

जसअन्र्तगत ज्ञानकुञ्ज शिक्षा सदन प्रथम, राष्ट्रिय मावी कोटहा द्धितिय र त्रिनेत्र बाल क्लब बर्दघाट ७ तृतिय स्थान हासिल गरेको छ भने प्रगतिशिल बाल क्लब बर्दघाट ७ सन्तावना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ६ हजार सहित प्रमाण पत्र, द्धितिय हुनेले नगद ३ हजार सहित प्रमाणपत्र र तृतिय हुनेले नगद एक हजार पाँच सय सहित प्रमाण पत्र प्राप्त गरेका छन भने सन्तावना हुनेले एक हजार नगद र प्रतियोगितामा सहभागिलाई सम्पुर्ण समुहलाई नगद पाँच पाँच सयले सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले बालबालिकाको चौतर्फी विकासका लागी किताबी ज्ञान भन्दा पनि अतिरिक्त क्रियाकलाप तर्फ आकर्षण बढोस भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको प्रति धन्याबाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा जनप्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी, स्थानिय बुद्धिजिवी लगाएतको उपस्थिती रहेको उक्त हाजिरिजवाफ प्रतियोगिताको सञ्चालन समुदायिक रेडियो दाउन्नेका समाचार सहायक रामु भुषाल र तिनाउ विकास बैंक जिमरेभारका कर्जा अधिकृत रक्षक मुडभरिले सयुक्त रुपमा गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन वडा नम्बर ७ का वडा सचिव होमनाथ भण्डारीले गर्नुभएको थियो ।