घर भत्किएपछि सरकारी भवनमा आश्रय

प्रकाशित मिति:

प्रेमनारायण आचार्य
अर्घाखाँचीको मालारानी गाँउपालिकाको हंसपुरमा अविरल बर्षाले घर भत्किएको छ । मालारानी गाँउपालिका वाड नम्वर ६ हंसपुरको रतनमारे निवासी श्यामबहादुर थापाको टिनले छाएको २ तले घर भत्किएको हो ।
घर भत्किएपछि श्यामबहादुर थापाको ६ जनाको परिवारलाइ पुरानो गाविस भवनमा लगेर अस्थायी रुपमा बस्ने ब्यबस्था मिलाइएको स्थानीय इन्द्र रेग्मीले बताएका छन ।
यसै विच अविरल बर्षाको कारण जिल्लाका ग्रामीण क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन । बर्षाका कारण ठाउठाउमा पहिरो जादा सिद्धारा चाक्ला, ठाडा, जुकेना, जलुके लगायतका मोटरबाटोमा यातायातका साधन चल्न सकेका छैनन । यातायातका साधन चल्न नसक्दा विरामी , बृद्ध तथा बालबालिकाहरुलाइ सास्ती भएको छ ।
स्थानीयहरु ४,५ घण्टाको पैदल हिडेर आफ्नो गन्तब्यमा पुग्न बाध्य भएका छन । वर्षाले मोटरबाटो हिलो तथा अफ्ठेरो भएपनि जिल्लाका अन्य स्थानमा देउराली यातायात व्यवसायी समितिले जीपहरु सञ्चालन गरेर सेवा दिइरहेको देउराली यातायात व्यासायी समितिका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिए । कठिन अबस्थामा पनि यात्रुको सेवालाइ मध्यनजर गरेर गाडी सञ्चालन गरेको अध्यक्ष खड्काको भनाइ छ ।