BREAKING :- एसईई नतिजाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक शुरू

प्रकाशित मिति:

काठमाडौं – गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठकमा शुरू भएको छ । दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक साढे १ घण्टापछि शुरू भएको हो । शिक्षा मन्त्रालयका सचिव आएपछि बैठक शुरू भएको जनाइएको छ ।

परीक्षा बोर्डले निर्णय गरेपछि एसईईको नतिजा प्रकाशन हुनेछ । गत वर्ष चैत १० गतेदेखि एसईई परीक्षा सञ्चालन भएको थियो । परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि अन्तिम तयारी पूरा गरेपछि बैठक शुरू भएको छ ।