झिमरुक खोलाले बगाएर एकजना वेपत्ता

प्रकाशित मिति:

प्युठानमा झिमरुक खोलाले बगाएर सोमबार एकजना बेपत्ता भएका छन् ।

झिमरुक खोलाले बगाएर बेपत्ता हुनेमा झिमरुक गाउँपालिका–७ का ६२ वर्षाीय बाटुले सार्की छन् । सोमबार दिउँसो करिब ३ बजेको आसपास बेपत्ता भएका सार्की बेलुकासम्म घर नफर्केपछि खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् ।

सार्कीलाई झिमरुक गाउँपालिका ढाँड बजार नजिक तुषारा जाने सडक खण्डको झिमरुक खोलाले बगाएको हो । गाउँपालिकामा गरिब परिचय पत्र लिन आएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो ।