ट्याक्टरले च्यापरे एक युवकको मृत्यु

प्रकाशित मिति:

ट्याक्टरले च्यापरे गुल्मीको सत्यवति गाउँपालीकामा वुधवार दिउसो एक युवकको ज्यान गएको छ । यसरी ज्यान जानेमा सत्यवति गाउँपालीका जोहाङ्ग निवासि १६ वर्षीय प्रविण विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उर्लीखोलावाट वालुवा बोकेर जोहाङ्ग खैरेनीतर्फ जाँदै गरेको लु १ त ७३२९ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरमा लेवर काम गर्ने विकको ज्यान गएको हो । ट्याक्टरवाट झर्दै गरेको अवस्थामा अचानक पछाडिको चक्काले टाउकोमा किच्दा विकको घटना स्थलमै ज्यान गएको बताईएको छ । ट्याक्टर चालक रुरु गाउँपालीका ४ बम्घा निवासी २१ वर्षीय सिद्धिमान माझीलाई जोहाङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ ।