न्यू पाइनउड,जनजागृति, एक्सिस, शाइनिङ स्टार र स्कलर्स होम विजयी

प्रकाशित मिति:

सबलपोष्ट-बुटवल रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित क्वीक्स अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तर्गत पांच खेल सम्पन्न भएका छन् । जसमा न्यू पाइनउड बोर्डिङ,जनजागृति मावि,एक्सिस बोर्डिङ,शाइनिङ स्टार बोर्डिङ र स्कलर्सहोम बोर्डिङ विजयी हुंदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । न्यू पाइनउडले लर्ड गौतमबुद्ध बोर्डिङलाई ३–१ गोलले पराजित गरेको छ ।

न्यू पाइनउडका बसन्त थापाले १२औं मिनेटमा तथा आयुश गुरुङले ५० औं र ६८ औं मिनेटमा गोल गरेका थिए भने गौतमबुद्धका राहुल पासीले २३ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा जागृतिले जितेश्वरी माविलाई ३–०ले पराजित गरेको हो । जागृतिका चन्द्र ठाडाले २७औं र ५१ औं मिनेटमा तथा विशाल भट्टराईले ५८ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा एक्सिसले ग्यालेक्सी बोर्डिङलाई ट्राइब्रेकर पेनाल्टीमा ३–२ गोलले पराजित गरेको छ । अर्को खेलमा कोलिय बोर्डिङविरुद्ध शाइनिङ स्टार ४–० गोल अन्तरले विजयी भएको छ ।

शाइनिङ स्टारका करन गुरुङले छैठौं र ३० औं मिनेटमा,ज्ञान पचभैयाले ९ औं मिनेटमा र रिदम क्षेत्रीले १३ औं मिनेटमा गोल गरेका थिए । बिहीबारको अन्तिम खेलमा स्कलर्स होमले पामिर एकेडेमीलाई ३–० ले पराजित गरेको छ । जसमा जुलेश थापाले १५औं,रिजन गुरुङले २४औं र आयुश रानाले ३० औं मिनेटमा गोल गरेका थिए । यसअघि बुधबार प्रतियोगिताको उद्घाटन भएको थियो । जिल्ला विकास समन्वय इकाईका अध्यक्ष दिपेन्द्र ढकालको प्रमुख आतिथ्यता र जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएस्पी भिमलाल भट्टराई,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहरा,प्याब्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेल,क्षेत्री समाजका गुप्तबहादुर खत्री, लेखबहादुर कार्की लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीको सञ्चालनमा भएको थियो ।