बेलुका सम्मै निक्लिन्छ नतिजा : बोर्ड सदस्य

प्रकाशित मिति:

भक्तपुर – गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको र बोर्ड बैठक बोलाएको एक जना सदस्यले जानकारी दिए । ‘हामीलाई सबै प्राविधिक काम सकिएको जानकारी सहित बैठकको खबर आएको छ’ ती सदस्यले भने, ‘बोर्डले तयारी गरेको प्रकृयामा कुनै ठूलै समस्या नआएमा बेलुका सम्म नतिजा सार्वजनिक हुन सक्छ ।’

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएका बोर्डले जनाएको छ । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा भएको थियो । संकाय र विषय अनुसार फरक फरक दिनमा सार्वननिक हुादै आउको नतिजा गत बर्ष देखि एकैदिन सार्वजनिक गर्ने गरिएको छ ।