रुपन्देहीको गजेडी मावीमा तालावन्दी ,तत्काल पढन पाढनको माग गर्दै कांग्रेसद्धारा पालिकामा ज्ञापन पत्र

प्रकाशित मिति:

बुटवल १६ साउन । प्रध्यानाध्यापक फेर्न माग गर्दै रुपन्देहीको कञ्चन गाउपालिका वडा न २मा रहेको गजेडी उच्च मावीमा ४ दिन देखि पढन पाढन अवरुद्ध भएको छ । राजनितिक आस्थाका आधारमा फरक विचार समर्थक प्रध्यानानध्यापक भएपछि केहि राजनितिक दललले विद्यार्थीहरुलाई उचालेर तालावन्दी गरेपछि पढाई अवरद्ध भएको हो । विद्यार्थीहरुको एक समुहले गत मंगलवार कार्यालयको मुल गेटमै ताला लगाएपछि पढाई अवरद्ध भएको छ । विद्यार्थीहरु पढ्नका लागि गेट माथी वाटै चढेर विद्यालय आएपनि पढाई नभएपछि निरास भएर फर्किने गरेका छन् । यो आन्दोलनमा शिक्षकहरुले नै संचालन गरेकोले विद्यार्थीहरु पढ्न वाट वञ्चित भएको स्थानिय वल वहादुर क्षेत्रीले बताए । उनले अधिकारको कुरा गर्दा अरुको अधिकारको ध्यान दिन पर्नै भन्दै गजेडी मावीमा गगलत तत्वले विद्यालयलाइेृ तहसनहस गर्न लागि परेको उनको आरोपछ । कक्षा १२ सम्म पढन पाढन हुने यो विद्यालयमा ४ दिन देखि नाराजुलस र ताला वन्दी कायमै छ । जसका कारण पढ्न आएका स सनान नानी वावुहरु पढ्न पाउने अधिकारवाट पनि वञ्चित भएका छन् ।

?

२०१९ सालमा स्थापना भएको सो क्षेत्रककै पुरानो विद्यालयमा प्रध्यानाध्यापक कसलाइृ बनाउने भन्ने विषय राजनिति संग जोडिएपछि विद्यार्थी उचालेर अराजकता श्रृजना भएको आरोप अभिभावकहरुले लगाएका छन् । झण्डै ६ सय विद्यार्थी रहेको गजेडीमा कक्षा १२ सम्म पढन पाढन हुदै आएको छ । प्रध्यानाध्यापक कसलाइृ बनाउने भन्ने विषय व्यवस्थापन समिति र अदालतले समेत टुङगो लगाएको वेला आफु अनुकुल नभएको भन्दै स्थानिय राजनितिक दल र अप्रतक्क्ष रुपमा गाउपालिका समेतले विद्यार्थी उचालेर पढाई अवरुद्ध पारेको टिप्पणी एक अभिभावकले बताए ।  यता तत्काल पढन पाढन संचालनको वातावरण बनाउन माग गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण थापालाई ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस कञ्चनले सत्तारुढ पार्टिका मान्छेले अदालतको आदेश विपरित मुद्धा उढाएको आरोप लगाए । उनले शान्ति क्षेत्रका रुपमा रहेको विद्यालयको वातावरण थमिल्याउन नहुने बताए । यस्तो गलत संस्कृतिको सुरुवात गरेर शिक्षामा कस्तो नजिर स्थापित गर्न खोजिएको आफुले नबुझेको उनको भनाई छ ।

कविराज काउचा नेतृत्वको विद्यलाय व्यवस्थापन समितिले केहि समय अघि सिनियरिटीका हिसावले रेशमा जोेशीलाई प्रअ मा नियुत्तत गरेको थियो । अदालतले पनि उनकै पक्षमा फैसला गरेको थियो । तर विद्यार्थीहरुले जोशीलाई स्वीकार नगरेको भन्दै आन्दोलन शुरु गरि पढन पाढन बन्द गर्ने सम्मको काम भएको छ । यो विवद्यालय कञ्चन गाउपालिकाको कार्यालय संगै जोदिएको छ । पालिकाका शिक्षा विभाग संयोजक नारायण पौडेलले वार्ता र संवादको माध्यमवाट समस्या समाधानका लागि रहेको दावी गरे । उनले विद्यालयमा विगत देखि नै समस्या भएकोले समाधानकालागि आफुहरुले पहल गरेको बताए । उनले पढाई अवरद्ध हुनु भने दुखद भएको प्रतिक्रिया दिए । यता जिल्ल्ला शिक्षा समन्य ईकाइ रुपन्देही भने विद्यालयमा पढाई अवरद्ध भएको विषयमा जानकार नै छैन । ईकाइ प्रमुख दिपेन्द्र ढकालले आफुहरुलाई थाहा नै नभएको र वेझेर प्रतिक्रिया दिने बताए ।