खुला तर्फको निमावि तहको नतिजा केही दिनमै सार्बजनिक हुने

प्रकाशित मिति:

काठमाडौँ –शिक्षक सेवा आयोगले केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । हाल जिल्लाबाट आएका व्यक्तिगत फाइलहरुको इन्ट्री सकेर रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।रुजुको काम सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक हुने आयोगले स्पष्ट पारेको छ ।जिल्लाबाट आएका फाइलहरु इन्ट्री सकेर रुजुपनि सकिने चरणमा छ । केही दिनमै नतिजा सार्वजनिक हुन्छ ।’ आयोगका प्रशासकीय प्रमूख डा। तुलसी थपलियाले भने, ‘यसै हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।’

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको छैन ।निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।निमावि तहमा क्षेत्रीय रुपमा विषयत परीक्षा भएको थियो । नेपाली विषयमा ४६० पदमा भएको विज्ञापनमा १२ हजार ५०९ लिखित परीक्षामा सहभागी भएका थिए । जसमा ४१० जनाले लिखित परीक्षा उत्तीर्ण गरी अनतर्वार्तामा सहभागी भएका थिए ।

यसैगरी, गणित विषयमा २५० पदमा भएको विज्ञापनमा ५ हजार ४६२ परीक्षामा सहभागी भई उत्तीर्ण २८६ जनाले अन्तर्वातामा सहभागीता जनाएका थिए । यस्तै, विज्ञान विषयमा १८० पदमा भएको विज्ञापनमा १ हजार ८१२ ले परीक्षामा सहभागिता जनाएकामा २६१ उत्तीर्ण भई अन्तर्वार्तामा सहभागिता जनाएका आयोगका प्रशासकीय प्रमूख डा। थपलियाले जानकारी दिए ।डा। थपलियाका अनुसार २७७ पदमा भएको सामाजिक विषयको परीक्षामा १७ हजार ७८४ ले परीक्षा दिई देशभरबाट उत्तीर्ण ४१० जनाले अन्तर्वार्तामा सहभागिता जनाएका थिए ।