खेलकुदमा युवाहरुलाई हौंसला थप्दै वडा अध्यक्ष: न्यौपाने

प्रकाशित मिति:

तिलोत्तमा –तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ स्थित डि ।एम ।सि ।क्लब तुल्सिपुरलाई प्रोत्साहन स्वरूप घाँस काट्ने मेसीन प्रदान गरिएको छ । तिलोत्तमा नगरपालिका वार्ड न ९ ले खेल मैदान सफा गर्न सजिलो होस भन्ने हेतुले घासँ काट्ने मेसिन हस्तान्तरण गरेको हो ।

करिब १ लाख ५० हजार पर्ने सो मेसिन भर्खरै सम्पन्न मेयर कपको बिजेता डिएमसि क्लबलाई हौसला बढाउने उद्देश्यले प्रदान गरिएको तिलोत्तमा वडा न।९ का अध्यक्ष नारायण न्यौपानेले जानकारी दिए । सो मेशिन खेल मैदान सफा गर्न उपयोगी हुनुका साथै गाँउ टोल सरसफाईमा समेत उपयोगी हुनेछ । आज एक कार्यक्रमका बीच वडा अध्यक्ष नारायण न्यौपानेले डिएमसि क्लवका अध्यक्ष अनुप थापालाई हस्तान्तरण गरेका हुन । सो अवसरमा बोल्दै वडा अध्यक्ष न्यौपानेले मेसिनको उचित प्रयोग गर्न क्लव परिवारलाई आग्रह गरेका थिए । मेसिन प्रदानसँगै कार्यक्रममा बोल्ने बक्ताहरूले नगरपालिका भित्रको सबैभन्दा जेठो मध्येको डिएमसि क्लवले खेल जगतमा देखाएको तत्परता र उत्साहलाई थप उर्जावान बनाउन मद्दत पुर्याउने कार्यक्रममा सहभागीहरूले औंल्याएका थिए ।