पत्रकार पन्थीद्धारा कम्पन बिक्रिको रकमबाट सहयोग

प्रकाशित मिति:

बुटवल, १९ साउन ।  कम्पन पुस्तक विक्रिको केही रकम पत्रकार किशोर पन्थीले सामाजिक काममा खर्च गरेका छन । गुल्मी दिगामका लक्ष्मण भण्डारीको आर्थिक अवस्था कमजोर रहेको अवस्थालाई ध्यान दिदै पन्थीले पुस्तक विक्रि गरेको केही रकम भण्डारीलाई ब्यावसाय गर्न सहयोग गरेका छन । उनले सहयोग गरेको रकमबाट ठेला बनाएर प्रदान गरिएको छ ।

बुटवल ढवाहमा अस्थायी वसोवास गर्दै आएका भण्डारीलाई स्थानिय समाजसेवी जुद्धकुमार चौहानको संयोजनमा ठेला बनाउन लगाइ प्रदान गरिएको छ । जुस बनाउने मेसिन जडान ठेलालाई भण्डारीलाई प्रदान गरिएको छ । पत्रकार किशोर पन्थीका तर्फबाट नया पत्रिका दैनिकका प्रदेश ५ का ब्यूरो प्रमुख समेत रहेका संसदीय मामिला पत्रकार समाज प्रदेश पाचका अध्यक्ष विष्णु घिमिरे, पत्रकार भरत पाण्डे, समाजसेवी चौहानले भण्डारीलाई हस्तान्तरण गरेका थिए ।  अध्यक्ष घिमिरेले पत्रकार पन्थीले पुस्तक विक्रिको रकम आर्थिक रुपले कमजोर रहेका भण्डारीको हितमा खर्च गरेकोमा पन्थीको प्रशंशा गरेका थिए । अमेरिकामा वसेर पनि नेपालमा दर्साएको मायाप्रति आभार ब्यक्त गर्दैे आगामी दिनमा अझ बढी सञ्चार क्षेत्रमा प्रगतिको शुभकामना दिदै पन्थीलाई सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरेका थिए । जनयुद्धको कठीन समयमा पत्रकारिता गरेका पत्रकार पन्थी नेपालमा रहदा विभिन्न सञ्चार माध्यममा सम्पादकका रुपमा कार्यरत थिए । गुल्मीमा जन्मेका पन्थी हाल अमेरिकामा खशोखास को प्रधानसम्पादक प्रकाशक तथा विभिन्न सञ्चार माध्यममा क्रियाशिल छन । नेपालको महाभुकम्पपछिको अवस्था चित्रण गर्दै उनले कम्पन पुस्तक प्रकाशित गरेका थिए । सो पुस्तक नेपाल, अमेरिकासहित अन्य मुलुकमा समेत विक्रि भएको थियो ।