नारायण बि.पीको ‘गैरी खेतमा’ सार्वजनिक

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – पछिल्लो समयमा लोक क्षेत्रमा जमेका गायक हुन नारायण बिपी परीयार । नेपाली लोक संगितको क्षेत्रमा छुट्टै आयाम र तहल्का पिटिसकेका बिपी आफ्नो गृह जिल्ला गुल्मीलाई समेटेर निकालेको गीत ‘ रेसुङाको शिरमा बसेर ‘ समस्त नेपालीहरुको मन र मष्तिस्कमा बस्न सफल भएको थियो ।

कहिले कौडा , सालैजो, पञ्चे बाजा र लाइभ दोहोरी गाएर आफ्नो छुट्टै स्थान ओगटेका नारायण बिपीको ‘सुन दिएको सुनार भाईले पायल बनाईदियो’ बोलको लोक एल्बम निकै चर्चामा पुग्न सफल भएको थियो ।  लोक संगितका बादशाह नारायण बिपी आँफैमा सफल सञ्चारकर्मी समेत हुन । लोक शैलीको कार्यक्रममा अहिले पनि उनको नाम उद्घोषकको रुपमा अग्रपङ्तीमा आउन्छ ।

प्राय महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसर पारी उनले फरक शैलीका मौलिक तिज गीत हरु बजारमा ल्याएर चर्चा पाउने गरेका नारायण बिपीले अहिलेको बर्षमा सुनिता बिसी संगको सहकार्यमा ‘गैरी खेतमा’ बोलको तिज कोसेली बजारमा सार्वजनिक गरेका छन । सुनिता बिसी र नारायण बि.पीको स्वरमा स्वरबद्द रहेको उक्त गीतमा लय संगित नन्दु परियार , एरेन्ज पवन परियारले गरेका छन भने निर्देशन लोकेन्द्र शाह , सम्पादन मनीष पन्थ र अभिनय मोहन गुरुङ ,बिपना घरती र तिर्सना पुन मगरको रहेको छ । उक्त गीतलाई नारायण बि.पीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो :-