बिहान सबेरै स्नान गर्दा जप्नुस् यो मन्त्र, धन प्राप्तिसँगै शान्ति मिल्छ
एजेन्सी –शुद्ध र पवित्र मनले कुनै पनि कर्म गरे फल प्राप्ति अवश्य हुन्छ । शास्त्रहरुले कुन काम गर्न कुन मन्त्रको प्रभाव बढी रहन्छ भन्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।जीवनमा सफलताका लागि हरेक दिन मानिसहरुले विभिन्न उपाय खोजिरहेका हुन्छन् । तर शास्त्रलाई अनुशरण मात्र गर्ने हो भने धेरै कुरा सहज हुन्छ ।जीवनमा धन प्राप्तिसँगै हरेक काममा सफलता चाहानुहुन्छ भने हरेक दिन बिहान नित्यकर्म पश्चात स्नान गर्ने समयमा गंगा चालिसा स्नान मन्त्रको जप गर्नाले उसको जीवनमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।
यस्तो छ मन्त्र
गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु।।












