इमरान खान/कपिलवस्तु – जिल्लाको शुद्धोधन गाँउपालिकामा संघिय समाजवादी फोरम नेपाल र नयाँ शक्ती पार्टि नेपाल बिच समायोजन कार्यक्रम सम्पन्न भएको छ । समाजवादी पार्टिका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षतामा ३८ सदस्सीय समिति सर्बसम्मतिबाट चयन गरीएको थियो । शुद्धोधन गाँउपालिकाको समाजवादी पार्टिका अध्यक्षमा राम नयन यादव उपाध्यक्ष गुडिया रैदास सचिव मनोज कुमार यादव सह—सचिव दुधनाथ यादव कोषाध्यक्षमा राम शिव गौड लगायत ३८ सदस्सीय कार्य समिति सर्बसम्मातिबाट चयन गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथिमा समाजवादी पार्टिका केन्द्रिय सदस्य एवम प्रदेश सभा सदसय सहस राम यादव बिशिष्ठ अतिथिमा केन्द्रिय सदस्य दान बहादुर चौधरी, केन्द्रिय सदस्य नरायन खनाल के. सल्लाहकार सदस्य राम लौटन तिवारी, प्रदेश सदस्य सन्तोष पाण्डेय लगायतका उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।