मन्दिरको दानपेटिका समेत छोडेनन् चोरले

प्रकाशित मिति:

बर्दिया – बर्दिया बाँसगढी नगरपालिका ५ मा रहेको केदारेश्वर धाम मन्दिरमा राखिएको दानपेटिका चोरीमा संलग्न २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका ३ उत्तर भकारी बस्ने १४ वर्षीय यम बहादुर थापा र सिही नगरपालिका ५ हापुर चोक बस्ने १३ वर्षीय अर्जुन शाही रहेका छन्।

गत भदौ १४ गते राति उक्त मन्दिरमा राखिएको दानपेटिका चोरी भएको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।गत भदौ १४ गते राति उक्त मन्दिरमा राखिएको दानपेटिका चोरी भएको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।