पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कारबाट सिद्धबाबा माविका प्रअ डोर विक्रम श्रीस पुरस्कृत

प्रकाशित मिति:

गुल्मी –पिपी प्रसाईं फाउन्डेशनले शिक्षा र पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सामुदायिक विद्यालयका शिक्षक तथा पर्यटन व्यवसायीलाई पुरस्कृत गरेको छ ।फाउन्डेशनद्वारा बिहीबार आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार  २०७६ गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं। ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीसलाई प्रदान गरेका थिए ।

कार्यक्रममा बिभिन्न ८ जना ब्याक्तिहरुलाई सम्मान गरिएको थियो । गतवर्षसम्म पाँच विकास क्षेत्रका आधारमा शिक्षकको छनोट गर्ने गरिएको भए पनि यसवर्षदेखि मुलुकको सङ्घीय संरचनाका आधारमा सातै प्रदेशबाट एकएक जना उत्कृष्ठ शिक्षक छनोट गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले हालसम्म ४५ शिक्षक र पाँच पर्यटन व्यवसायीलाई पुरस्कृत गर्दै आएको छ।