प्यारा सपनाहरू

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

यात्री हु एउटा
खुट्टा छन् दुइटा
तर यहाँ
मनले गर्छ यात्रा सधै
हिडिरहने दौडिरहने
यो कस्तो जीवन् जात्रा
पुग्छु टाढाटाढा कहाँ
रवि समेत पुग्दैन त्यहाँ
जिजिभिषा देखि
जिवनको उच्च लक्ष्य बोकी
अनवरत यात्रु हु म
प्रत्येक पल प्रत्येक घडी
हिड्ने मात्र होइन
म्याराथुनको धावक जस्तै
दौडिरहेछु कुलेनाम ठोकी
किमकर्तव्यबिमुडमा
असंख्य सपनाहरुको साक्षी बसि
खोइ कहाकहाँ खोजौ बाटो
आकाश पाताल भित्र पसि
सबैका आफ्ना ढह्रा छ्न
कोहीकोही ठर्हा पनि छ्न
कोहि खतरा छ्न
कोहि ठिक्क छ्न
कोहि नखरा छ्न
उज्यालोको खोजीमा
भौतारिनेहरु
दियो र सलाइ लिएर बस्छन्
बिडम्बना
न सलाइ कोर्छ्न
न सल्काउछ्न
बिना ढंगले
होस नपुर्याउदा
कालारात्री मै
कयौं दिन फस्छ्न
अहो
कस्तो हो यो स्वतन्त्र
झलमल हो कि
अलमल हो यहाँ
दिन हो कि रात हो
प्रत्येक साझमा
अनि मिर्मिरेमा
पर्छन् धेरै अलपत्र
पदचापको अग्रगती
जोडतोडले अझै दुर्त हुदा
जिन्दगीको महासागरमा
छालहरुको तछाडमछाडले
जबर्जस्ती
हुत्याउन खोजे पनि
ठिङ्ग उभिन्छ
यो जीवन
अनि उभिन्छ्न
त्यही
जीवन भित्रका
मेरा प्यारा सपनाहरू