काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । मंगलवार आयोगले निमावि र मावि तहको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । आयोगले यसअघि नै प्राथमिक तहको विद्यालयगत परीक्षाकेन्द्र सार्वजनिक गरिसकेको थियो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो ।
आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ । नोटः फेसबुकबाट खोलेको लिंकमा परीक्षा केन्द्र नदेखिएमा डाइरेक्ट साइट खोलेर हेर्दा देखिन्छ ।
माध्यमिक तहको
https://drive.google.com/file/d/1uCz2AW3RTmGXH-I3Rc2mHMLYmLULkygm/view
निम्न माध्यमिक तहको