भक्तपुर – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भएको बताएका छन् । भक्तपुरको दुवाकोटमा कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता पौडेलले भने, “राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ तर कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन् । जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भयो ।”
नेता पौडेलले कम्युनिष्टहरुले झुटा आश्वासन बाँडेर एकपटक जनतालाई झुक्याइसकेको भन्दै अब कम्युनिष्टको लहैलहैमा लागेर जनता फेरी नझुक्किने बताए । उनले भने, “जनताले र मुलुकले भर गर्न सक्ने कांग्रेस बनाउन हामी लागेका छौं । हामी त्यो कांग्रेस बनाउछौं ।”












