गोलभेंडा खाने मानिसको वीर्यक्षमता बढ्ने वैज्ञानिकहरूको दाबी

प्रकाशित मिति:

एजेन्सी –परिवार बसाउन चाहने पुरुषहरूले पकाइएको गोलभेंडा खान वैज्ञानिकहरूले सुझाव दिएका छन् ।गोलभेंडाको दुई चम्चा घोल मात्र लिँदा पनि वीर्यको क्षमतामा सुधार आउने एक अध्ययनले देखाएको छ ।त्यसको प्रमुख इन्ग्रेडिएन्ट लाइसोपिन हो जसले गोलभेंडालाई रातो रंग दिन्छ । त्यसले रक्तचाप घटाउने र पुरुषहरूमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउने विश्वास गरिन्छ ।वैज्ञानिकहरूले एउटा चक्कीमा लाइसोपिन राखे अनि दिनमा दुईपटक लिन पुरुषहरूलाई भने । तीन महिनापछि पुरुषहरूको वीर्यक्षमता बढेको पाइयो ।

अध्ययनमा समावेश गरिएका पुरुषले लिएको लाइसोपिन पकाइएको गोलभेंडाको पाँच क्यान खाएबराबर हो ।गोलभेंडा खाँदा वीर्यको पौडिने क्षमता, आकार र आयतनलाई बढाउँछ । यसले गर्दा पुरुषहरूलाई सन्तान जन्माउन थप राम्रो अवसर दिनेछ ।अध्ययनका वरिष्ठ अथर र शेफील्ड विश्वविद्यालयमा एन्ड्रोलोजीका प्राध्यापक एलन पेसीले भने, ‘केही पुरुषलाई ट्याब्लेट खान दिइयो अनि केहीलाई चाहिँ झूटोमुटो औषधि दिइयो । उनीहरूको वीर्यमा कुनै भिन्नता होला भन्ने कुरा हामीले अपेक्षा गरेका थिएनौं । हामीले परिणामको विश्लेषण गर्दा म झण्डै कुर्सीबाट लडें । ट्याब्लेट खाएका पुरुषको वीर्यको आकार र आयतनमा नाटकीय सुधार आएको पाइयो ।’अध्ययनमा १९ देखि ३० वर्षका ५६ जना स्वस्थ पुरुषलाई सहभागी गराइएको थियो । तीमध्ये आधाको वीर्य कम गुणस्तरको थियो ।आधीलाई लाइसोपिन क्याप्सुल दिइयो र उनीहरूले त्यो क्याप्सुल एक गिलास पानीका साथ बिहान र बेलुका लिए । बाँकी आधीलाई चाहिँ उस्तै देखिने क्याप्सुल दिइयो जसमा केही पनि औषधि थिएन ।