श्रीकृष्ण सिग्देल स्याङ्जा—१७, भदौ \सामुदायीक विद्यालयको शैक्षिक गतिविधिमा सरकारी तवरबाट नै चासो कम हुने गरेको छ । शैक्षिक अवस्था कमजोर हुँदा सरकारले चाहेको लक्ष्य हरेक बर्ष पुरा हुन थालेको छैन । संघिय संरचना सगै स्थानीयतहमा मुलुक गएपछि सबै शैक्षिक गतिविधिका कार्य स्थानीयतह बाट नै संचालन हुदै आएका छन् । स्थानीयतहमा शैक्षिक कार्य संचालन विधि पुगेपछि गुणस्तरीय शिक्षाका लागि जनप्रतिनिधिहरु आफै लाग्न थालेका छन् । यसको उदाहरण अर्जुनचौपारी गाँउपालिका वडा नं. ५ आरुचौरले देखाउन थालेको छ । वडा भित्र रहेका मावि र आधारभुत विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि र व्यवस्थापन समिति सगँ शैक्षिक गतिविधिहरुका बारेमा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा विद्यार्थीलाई विद्यालय आउने व्यवस्थामा नियमितता, शैक्षिक गुणस्तरीय प्रदान, भर्ना हुदा भएका विद्यार्थीको अन्तिम शैक्षिक सत्र सममको अवस्था, शिक्षाबाट बन्चित हुनेको संख्याको विषयमा छलफल गरिएको अर्जुनचौपारी गाँउपालिका वडा नं. ५ का अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता ख्यामनारायण खनालले बताए । हामीले वडामा गुणस्तरीय शिक्षा सगै पढ्नबाट कोही बन्चित नहोस भन्ने उदेश्यले अन्तरक्रिया आयोजना गरेका हौं अध्यक्ष खनालले भने,“शिक्षालाई पहिलो प्राथामिकता राखेर वडालाई शिक्षित वडाको रुपमा चिनाउन चाहान्छौं ।” शिक्षा समाजको पहिलो विकासको पुर्वाधार हो भन्ने विश्वास लिएर वडामा कोही पनि वालवालिका पढ्नबाट बन्चित हुने छैनन् भन्ने विश्वास पनि हो खनालले भने ।
पढ्ने संख्या भन्दा विद्यालयको हाजिरी तथ्याङ्कले बढी देखाउने गरेकाले पनि सबै प्रधानाध्यापकहरुलाई विद्यार्थीहरुको संख्या साँचो देखाउन पनि सुझाएको खनालले बताए । वडाले विद्यार्थीको संख्या राम्रो सगँ राख्ने, आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थी कति बाहिरीए भन्ने तथ्याङ्क राख्ने र गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावक विचको भेटघाटलाई नियमितता दिने गरी प्रतिवद्धता निर्णय गरेको वडा कार्यालयले जनाएको छ । आर्थिक अभावले विद्यालय जान नसकेका, अपाङ्गता भएर जान नसकेका असाय, विपन्नको खोजी गरि त्यस्ता वालवालिकालाई विद्यालय सम्म पुग्ने व्यवस्था सगै सम्पूण पढाई खर्च गाँउपालिकाले व्यहोर्ने समेत नीति बनाएको छ । जसले गर्दा वडामा कुनै वालवालिका कुनै पनि बहानामा पढ्नबाट बन्चित हुनेछैनन् भन्ने विश्वास लिइएको वडा सदस्य नरहरी सिग्देलले बताए । वडामा २ मावि र ४ आधारभुत विद्यालयमा १ हजार १ सय भन्दा बढी विद्यार्थी हाल अध्ययनरत रहेको बताइएको छ ।