१० औं वार्षिकउत्सवको अवसरमा मदिरा व्यवसायी संघद्वारा रक्तदान

प्रकाशित मिति:

नेपाल मदिरा ब्यवसायी संघ रुपन्देहीले सोमबार बुटवलमा रक्तदान गरेको छ । संघको दशौं वार्षिक साधारणसभाका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गरिएको संघले जनाएको छ ।
कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । सो अवसरमा बोल्दै नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपालले व्यवसायलाई राज्यका नीति नियम अनुसार संचालन गरी थप मर्यादित बनाउन सुझाव दिए ।
संघका अध्यक्ष मृगेन्द ्रगोबिन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष खिमबहादुर खत्री,सुलोचन ढकाल,कार्यक्रम संयोजक टिकाराम पन्थी, सचिब हिमाल भुसालले आ–आफ्ना भनाई राखेका थिए ।
संघको दशौं बार्षिक साधारणसभा भदौ ३० गते हुंने संघले जनाएको छ ।