एउटा पुरानो भनाइ के छ भने आफ्नो वास्तविक स्थितिको बारेमा कहिले पनि वकील तथा डाक्टरसंग झुटो बोल्नु हुँदैन । यति हुँदा(हुँदै पनि कतिपय व्यक्तिहरु झुटो बोलिरहेका हुन्छ्न्, खासगरी जब उनीहरु डाक्टरलाई भेट्छन् ।यस्तो त्यसकारण हुन्छ, किनभने उनीहरु आफ्नो जीवनमा केही कुराहरुका कारण लज्जित महसुस गर्छन् । त्यसो त, तपाईंको डाक्टरले तपाईंलाई अथवा तपाईंको बाँच्ने तरिकालाई न्याय गर्नका लागि बसेका होइनन् । उनीहरु त तपाईंको स्वास्थ उपचार गर्न, तपाईंलाई ठिक बनाउन तथा एउटा स्वस्थ जीवन जिउन सहयोग पुर्याउनका लागि तत्पर हुन्छन् ।त्यसैले, केही त्यस्ता चिजहरु छन् जसका बारेमा तपाईंले डाक्टरसंग कहिले पनि झुटो बोल्नु हुँदैन । यहाँ हामी ती पाँच चिजहरुलाई विस्तारपूर्वक बताइरहेका छन्, जसलाई तपाईंले आफ्ना डाक्टरसंग कहिले पनि लुकाउनु हुँदैन ।
आहार दिनचर्या तपाईंको आहारले तपाईंको स्वास्थमा ठूलो प्रभाव पार्छ । त्यसो त, अधिकांश व्यक्तिहरु आफूलाई अति नै फिटनेस देखाउनका लागि आफ्नो वास्तविक आहार दिनचर्यालाई लुकाउने प्रयास गर्छन् । एक मात्र व्यक्ति, जसलाई तपाईंले मूर्ख बनाइरहनु भएको हुन्छ, ती तपाईंका आफ्नै हुन् । तपाईंको स्वास्थलाई राम्रो बनाउन तपाईंले कस्तो प्रकारको आहारा लिइरहनु भएको छ भन्ने कुराको वास्तविकता डाक्टरलाई नलुकाइ जानकारी गराउनु पर्छ ।उमेर कतिपय स्वास्थ्य समस्याहरु छन्, जुन एउटा निश्चित उमेरका कारण हुने गर्दछन्, जस्तो कि महिलाहरुको रजोनिवृत्ति अथवा जोर्नीहरुको दुखाइ । त्यस्तो अवस्थामा आफ्ना डाक्टरहरुसंग कहिले पनि झुटो बोल्नु हुँदैन, किनभने तपाईंलाई सही तरिकाले सल्लाह दिनका लागि डाक्टरलाई तपाईंको उमेरको बारेमा थाहा पाउनु अनिवार्य हुन्छ ।
चिकित्साको इतिहास तपाईंको चिकित्सा इतिहासले तपाईंको स्वास्थको विगतलाई दर्शाउँछ । डाक्टर जो भए पनि, तपाईंलाई जस्तो प्रकारको समस्या भए पनि, डाक्टरले तपाईंको मेडिकल इतिहास सोध्छन् । आफ्नो चिकित्सा इतिहासको बारेमा झुटो बोल्नु भनेको न केवल व्यर्थ हो, सम्भावित रुपले खतरनाक पनि हो ।मानसिक स्थिति तपाईंले आफ्ना डाक्टरको अगाडि देखावटी गर्नु पर्ने आवश्यकता नै छैन । उल्टो उनले चाहिँ तपाईंलाई आवश्यकता अनुसार सहयोग गर्छन् । त्यसैले, यदि तपाईं नकारात्मक भावनाहरु अथवा चिन्ताहरुसंग सुध्दै हुनुहुन्छ भने त्यसका बारेमा तपाईंले आफ्ना डाक्टरहरुलाई बताउनै पर्छ । यौन इतिहास तपाईंको यौन इतिहासमा तपाईंको पार्टनर पनि सहभागि हुन्छन् । यदि तपाईंलाई एउटा यौन सञ्चारित रोग अथवा असुरक्ष्ँित यौन सम्बन्ध छ भने तपाईंले आफ्ना डाक्टरलाई यो कुरा कहिलेपनि लुकाउनु हुँदैन । यी सबै कुराहरु तपाईंको समग्र स्वास्थ्यको एउटा महत्वपूर्ण अंगहरु हुन् । तपाईंले यसका बारेमा आफ्ना डाक्टरहरुसंग ईमान्दार हुनु पर्छ ।अनलाईनखवरवाट