दीपमा असल अभिभावक अभियान

प्रकाशित मिति:

बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले असल अभिभावक अभियान कार्यक्रमलाई जारी राखेको छ । सोमबार कक्षा पाँचमा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयका गतिविधिका बारेका जानकारी गराउदै अभिभावकहरुले राख्नुभएका जिज्ञाशाहरुको सम्बोधन गर्नुभएको थियो । उहाँले बालबालिकामा असल संस्कार विकास गर्नका लागि विद्यालयले जहिलेपनि प्राथमिकता दिएको उल्लेख गर्दै त्यो प्रयासमा साथ दिन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण प्रदान गर्नुभएको थियो । अभिभावकहरुलाई असल बन्ने तरिका, खेल्नूपर्ने भूमिका र दायीत्वकाको बारेमा प्रयोगात्मक तथा श्रृव्य दृश्यको माध्यमबाट बताईएको थियो ।
करीव १ सय ४० जना अभिभावकको सहभागिता रहेको कार्यक्रममा विद्यालयका उपप्राचार्य कलाधर अर्यालले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । यसप्रकारको कार्यक्रमलाई कक्षा १० सम्म निरन्तरता दिइने उहाँले बताउनुभयो ।