दिमागी स्वास्थ्यको लागि चिया उपयोगी

प्रकाशित मिति:

एजेन्सी –  चिया नियमित पिउनाले दिमागी स्वास्थ्यको लागि फाइदा हुने एक अनुसन्धान प्रतिवेदनले जनाएको छ । सिंगापुरस्थित नेसनल विश्वविद्यालयले गरेको अनुसन्धानमा चियाले दिमागलाई स्वस्थ राख्ने निष्कर्ष निकालेको हो । वैज्ञानिकहरुले न्यूरोइमेजिङ विधि प्रयोग गर्र्दै चियाको प्रभावकारी उपयोगिता पत्ता लगाउनुभएको थियो । चियाको मात्राको आधारमा केही दिमागी गुणहरुमा फरक आएको उहाँहरुले उल्लेख गर्नुभएको छ ।

अनुुसन्धानकर्ताहरुले यसबारे पत्ता लगाउन सूचकको रुपमा दुईवटा समूहमा स्वय्मसेवकहरु परिचालित गरिएको थियो । अत्याधिक मात्रामा चिया पिउने समूह र कम चिया पिउने अर्काे समूह । चियाले रगत सञ्चालनसम्बन्धि प्रणालीलाई मद्दत पु¥याउनुको साथै तातो चियाले ग्लाउकोमा रोगलाई फाइदा पुग्न सक्ने कुरा पनि पत्ता लगाएको छ ।