पानी पिउन जान्नुभयो भने यसरी बन्नेछ मानिसको जिन्दगानी

प्रकाशित मिति:

एजेन्सी –  स्वास्थ्यका लागि पानी एकदम आवश्यक छ । हामीलाई लाग्ने आधा भन्दा धेरै रोग पानीका कारण लाग्ने गर्दछ । त्यस्तै हामीले पानीको उचित प्रयोगले हामीलाई लाग्ने आधा भन्दा धेरै रोगहरुबाट छुटकार पाउन सकिन्छ । त्यसैले, पानी मानिसका लागि नभइ नहुने पेय पदार्थ हो । हाम्रो शरीरलाई पर्याप्त मात्रामा पानी आवश्यक पर्छ । सामान्य व्यक्तिले दिनमा २० लिटरसम्म पानी पिउनु राम्रो हुन्छ । अर्को तिर यसको प्रयोग व्यक्तिको आवश्यक्तामा पनि भर पर्दछ । तपाईलाई जानकारी गराउँ बजारमा पाइने सबै पानी स्वस्थकहरु हुँदैनन् । पानी पिउँदा हामीले एउटा के कुरा ख्याल गर्नुपर्छ भने, प्लास्टिकका बोतलमा भरिएका र फ्रिजमा राखिएका पानीले स्वास्थ्यलाई राम्रो गर्दैनन् । फ्रिजमा राखिएको पानी पिउँनुभन्दा माटाको घडामा राखिएको पानी हाम्रा लागि निकै लाभदायक हुने जानकारहरु बताउँछन् । गाउँघरतिर पानी चिसो पार्न अझै पनि माटाको घडा (गाग्रो)मा राख्ने चलन कायम छ ।

शहरमा भने पानी चिसो पार्ने एक मात्र विकल्प भनेको फ्रिज हो ।उसै पनि फ्रिजमा भएको कुनै पनि खानेकुरा स्वास्थ्यका लागि राम्रो हुँदैन । अझ पानी चिसो बनाउन प्लास्टिकका बोतल राखिन्छन्, जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन्छन् । यसले धेरै किसिमका रोग निम्त्याउन सक्छ । चिकित्सकहरुका अनुसार चिसो पानी पिउँदा घाँटी दुख्ने, टनसिलको समस्या देखिने र जोर्नीको समस्या उत्पन्न हुन सक्छ । यो सँगै हामीलाई दिर्घकालिन रोगहरु पनि आउँन सक्छन् । यसको विकल्पमा माटोको भाँडामा राखिएको पानी उत्तम मानिन्छ । माटोमा रोगसँग लड्ने धेरैथरी क्षमता हुन्छन् । माटोको भाँडोमा राखेको चिसो पानी पिउँदा स्वास्थ्य सम्बन्धी कुनै समस्या उत्पन्न नहुने विज्ञको सुझाव रहेको छ ।