एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि

प्रकाशित मिति:

काठमाण्डौ / तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ ।अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिए ।यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिले समस्या भएको भागमा आवश्यक परेको भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वायनाले बताए ।

२०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ ।अहिलेसम्म ८० हजार जनाले आँखा दानका लागि मन्जुरी दिएका छन् ।