कांग्रेसका युवा नेता पौडेल भन्छन – ‘कांग्रेसलाई नजिताए लोकतन्त्र धराप हुन्छ’
पोखरा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि कांग्रेसलाई नजिताए लोकतन्त्र धरापमा पर्ने बताएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालय उद्घाटन गर्दै नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उमेदवारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् ।
सरकारले भ्रष्टाचारका विषयमा मुख नखोलेको र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिपरेको भन्दै उनले अबको उपनिर्वाचनमा पनि जनताले नेकपाका उमेदवारलाई मत दिए सरकारलाई भ्रष्टाचार गर्न मत दिएको ठहरिने बताए । नेता पौडेलले पोखरा महानगर पालिका–१७ को सम्पर्क कार्यलय उद्घाटन कार्यक्रम र घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।












