काठमाडौं – सिमा अतिक्रमण गरेको विरोधमा माइतिघर मण्डलामा नेविसंघको प्रदर्शन भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
संगठनले भारतले आफ्नो नक्सामा पारेको लिपुलेक र कालापानी फिर्ताको माग गर्दै आइतवार मण्डामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा गो ब्याक इण्डिया, कालापानी हाम्रो हो लगायतका नारा लगाएका थिए ।












