‘गो ब्याक इण्डिया’ भन्दा पक्राउ परे नेबी संघ नेता , ‘गो ब्याक चाइना भन्न पाएनन’ !

प्रकाशित मिति:

काठमाडौं – लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको र चीनले अतिक्रमण गरेको स्थानको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ । भारतीय दूतावास अघिबाट नेविसंघ नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको हो । अस्कल क्याम्पसको प्राणबाट नेपालको सिमा अंकित नक्सा र बेलुन उडाएर अघि बढेका नेविसंघ कार्यकर्ता भारतीय दूतावाससहित चिनियाँ दूतावासमा बिरोध गर्ने कार्यक्रम तय भएको थियो । लैनचोरमा नै प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावास पुग्न उनिहरु असफल भएका छन् ।

भारतीय दूतावास अघि गरिएको प्रदर्शमा विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओली पक्राउ परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए । प्रहरीको कुटाइबाट विद्यार्थी नेता कृष्ण पुडासैनी घाइते भएका छन् । उनको टाउकोमा सात टाँका लगाइएको छ । पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए। राष्ट्रियताको सवालमा नेविसंघले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए।