भारतीय विस्तारवाद विरुद्ध सैनामैनामा भोली बिशाल प्रदर्शन हुँदैँ , चन्द्र भण्डारी प्रमुख वक्ता

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – भारतीय विस्तारवाद तथा दुई तिहाईको मौनताका विरुद्ध नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिवासी जनजाति संघ रूपन्देहीको आयोजनामा भोलि मंसिर ९ गते सोमबार दिउँसो १२:३९ बजे सैनामैना मुर्गियामा विशाल बिरोध सभा हुने भएको छ ।

प्रमुख अतिथि तथा वक्ताको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा .चन्द्र भण्डारी लगायतका जिल्ला स्तरीय शीर्ष नेताको उपस्थितिमा विरोध सभा हुने आयोजकले जानकारी गराएको छ ।

लिपुलेक, लिम्पिया धुरा, कालापानी, नालापानी, नेपालको भुमिलाई भारतको नक्शामा राख्दा सम्म पनि नेपाल सरकार मौन भएकाले सरकारका विरुद्ध बिरोध सभा राखेको नेपाली कांग्रेस सैनामैना नगर समिति सभापति राम प्रसाद अधिकारीले जानकारी दिनु भएको छ।