पितृका नाममा शतबीज छर्न तौलेश्वर नाथ मन्दिरमा शतबीज छर्नेहरुको घुइँचो
इमरान खान / कपिलवस्तु – कपिलवस्तुको सदरमुकाम तौलिहवामा बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिदै छ । साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले एक बिहान देखि शतबीज छर्दै छन । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा रहदै अएको छ । भगवान शिव जी मृगरूप लिएर घुमेको मनिने क्षेत्रमा एक दान बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले मुक्ति पाउने धार्मिक विश्वास पनि रहेको छ ।

देशको विभिन्न शिवलय स्थालमा आज सोमबार बिहान देखि शतबीज छर्नेहरुको घुइँचो लागेको छ । त्यसैगरी कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा रहेको श्री तमे्रश्वार नथा मन्दिर (तौलेश्वर) परिसर भित्रका क्षेत्रमा शतबीज छर्ने को विहानै देखि भिड लागेको छ । शतबीजमा धान, जौ, तिल, गहँु, चना, मकै, बदाम , कागुनो मिसाएर १०८ पटक मन्दिर को परिकर्म गरी शतबीज छर्ने चलन रहेको छ । श्री तमे्रश्वार नाथ मन्दिर (तौलेश्वर) मा विहानै देखि भक्तजानको घुइँचो लगेका छ । शतबीज छर्ने टाढाटाढा देखि भक्तजानहरु आएक छन । माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने बताइएको छ ।












