दुष्ट मदारी छिमेकी र बाँदरे नेता

प्रकाशित मिति:

अर्जुन राज पन्त

दुष्ट है पर्यो छिमेकी हाम्रो सताउछ अतिसार
दुख नि दिन्छ सिमा नि सार्छ गर्दछ अत्याचार

उसकै छ त बिशाल भूमि लुट्दैछ तै पनि
यो सानो देशको जग्गा र बस्ति मेरै हो यो भनि

नाकाबन्दी गरेर रोक्छ ओखती र मुलो
मानबताको अपराध होला त्यँहा भन्दा के ठूलो

बिपदमा समेत उद्घार गर्न आँउदामा नेपाल
जासुसि गर्न सूचना भर्न जान्छ त्यो हिमाल

जबान लान्छ पानि नि तान्छ जङगलै उ खान्छ
सदियौँ देखि हाम्रो त्यो भूमि लुटेर उ लान्छ

मान्छे है लुटि नपुगि अझ लुट्दछ देउता नि
बुद्ध र सिता जस्तालाइ पनि उसैका हुन भनि

न त स्विकार्छ इतिहास उसले न कानुन उ मान्छ
बिश्वका सामु नकटो बन्दै झुट बोल्न त्यो जान्छ

छेउमा यस्तो छिमेकी भा नि सिमामा न बार छ
पिलर सार्छ जग्गा नि च्यापछ आफ्नैमा उ पार्छ

धन्न है रै छ सगरमाथा निकै नै त्यो माथि
छेउमै भए पिलर सार्दै आउथ्यो त्यो राति

अमृत समान ति जडिबुटि लैजान्छ उ त्यता
कुँहेका फलफूल बिषादि हालि पठाउ छ उ यता

राम्रा ति हाम्रा सबै उ लान्छ खोजेर उ उता
मात्र उ दिन्छ हुर्काइकन बाँदरे ति नेता

जस्तो नै सुकै अपराधी त्यो होस दिन्छ है शरण
आफूलाइ गोटि बनाउन उसलाइ पोषण भरण

उहि आफै भन्छ सम्बन्ध हाम्रो रोटि र बेटीको
रोटि नि उसलाइ बेटी नि उसलाइ सिमा नि मेटिगो

मदारीले झै छोप्द्छ बाँदर पारेर जालैमा
नचाउनलाइ पठाउँछ यता उसैको तालैमा

कहिँले फेर्छ नाच्नि त्यो बाँदर कहिले उसको ताल
छानि है छानि फेर्दछ बाँदर हानेर महाजाल

मदारी त्यता बाँदर यि यता नचाउछ उ आफै
स्वर्गमा जस्तो बगैंचा त्यस्तो बानाए सखापै

तिन तिर हाम्रो छिमेकी त्यस्तो न मिल्छ फेरन
लौन है आइजा कोहि ठूलै शक्ति यो पिंडा हेरन

(अर्जुन राज पन्त ब्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइली का लेखक हुन)