धर्म तिम्रो यस्तो रै छ पाप चाँहि हुन्छ कस्तो

प्रकाशित मिति:

अर्जुन राज पन्त

लैना पाँडा दुधे पाठा परेवाका चल्ला

बली दिँदै गर्ने अझ धर्म भनि हल्ला१

मासु खाने रहर भए काट अन्तै बरु

मन्दिरमा बली नदेउ पशु पन्छी अरु

तिमि मात्र जान्नौ त्यँहा जान्छन अरु पनि

बाल बच्चा सबै त्यहाँ दर्शन गर्न भनि

साथलागेर बाउआमाको बच्ची त्यँहा गा कि

बली दिएको दृश्य देखि झण्डै बेहोस भा कि

रुँदै रुँदै भनि उसले मेरो आँइ पाडि
के गरेका त्यसलाई यहा टाउको काँटि गाडि

देख्दाखेरी रगत आज मन्दिर वरिपरि

नराम्ररि तर्सि बच्ची रुँदै बिलाप गरि

पुजा गरे बाउआमाले उसले मुहार छोपि

झिकिकन उसका बाउको शिरमा भा को टोपी

न त खाइ प्रसाद केहि न त लगाइ टिका

यस्ता ठाँउमा नलेउ भन्दै राखि निधार फिका

बलीयोले निर्धा प्राणी काट्दा यसो गरि

गलत सन्देश दियो कि खै यस्ले लोकै भरि

मन्दिरको भिडलाइ हेर्न बिदेशी नि आ को

सबै थरि दृश्य खिच्ने क्यामरा नि भा को

एकोहोरो हेर्यो त्यहाँ खोज्यो फोटो खिच्न

किन काँमे उसका हात खै सकेन त्यो थिच्न १

बली दिएको दृश्य देखि भइ निकै दङ्ग

के गरेको यस्तो भन्दै शोध्यो सबै सङ्ग

एउटै उत्तर पायो उसले धर्म गर्या भनि

छक्कै परि गर्यो उसले अर्को प्रश्न पनि

लौ त देखाउ अरु त्यस्तो मैले भने जस्तो

धर्म भन्ने यस्तो रै छ पाप चाँहि हुन्छ कस्तोरु

घुम्दै आउला फेरि अर्को एकादशिका दिन

शोध्ला पश्न बधशाला यो बन्द भयो किनरु

पशुत्वको बली देउ चौपाँयाको हैन

धर्म होला बल्ल त्यँहा पाउला मनमा चैन

सके रोक यस्तो प्रथा रोज अर्को बाटो

नरिवलको बली देउ चौपाँयाको साटो

सक्दैनो त्यो रोक्न भने अर्को मेसो गर

बनाउ एउटा बधशाला त्यो मन्दिर भन्दा पर

कोहि कसैलाई जान नदेउ त्यसका वरिपरि

जे मन लाग्छ त्यतै गर नदेखिने गरि

ब्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य कोइली का समेत लेखक हुन