रमेश विश्वकर्मा गुल्मी । लायन्स क्लब अफ गुल्मी तम्घासले तम्घास अस्पताललाई साम्रगी हस्तान्तरण गरी सहयोग गरेको छ । क्लवले सहयोगमा सात लाख बराबरको साम्रगी हस्तारण गरेको हो । चिसोको समयमा अस्पतालमा नवजात शिशुहरुको जन्म हुँदा बच्चाहरु चिसोबाट बचाउनका लागि प्रयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरेको लाइन्स क्लब अफ तम्घास गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए । सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष काउछाले क्लबले गरेको सानो सहयोगले नवजात शिशुहरुको अकालमै मृत्यु हुने अबस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने भन्दै सामाग्री हस्तान्तरण गरेको बताए । क्लबले दुःखी, गरिब बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै अएको बताएको छ । क्लबले गत साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको थियो । सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नवजात शिशुहरुको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।