लोकसेवा आयोगले एकैपटक हजारौं संख्यामा विज्ञापन खुलायो [विज्ञापनसहित]

प्रकाशित मिति:

काठमाडौं – लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापनको आह्वान गरेको छ । प्रशासन,लेखा,राजश्व, न्याय, संसदसेवा लगायत कुल १ हजर ९६ पदमा बुधबार विज्ञापन खुलेको छ । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपुर्ति हुँनेछ । बाँकी ३४९ जना भने बिभिन्न समावेशी लागि छ्ट्याइएको छ ।

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समसहमा ५६० जना अधिकृत पदका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपुर्ति गरिनेछ । त्यस्तै उक्त समुहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपाङ्गमा ९ र पिछडिएका क्षेत्रमा ७ जनाको कोटा छ्ट्याइएको छ । यसैगरि राजश्व समुहमा ६९, लेखापरीक्षण समुहमा ४२, लेखा समुहमा ३० जना अधिकृतको माग गरिएको छ ।

व्यावस्थापिका संसद सेवातर्फ २८ जना, न्याय सेवातर्फ न्याय समुहमा २९० , कानुन समुहमा ४९ र सरकारी वकिल समुहमा २४ जना अधिकृत पदका लागि विज्ञापन खुलेको छ । परराष्ट्रसेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग गरिएको छ । थप जानकारी तल राखिएको छ, सबैको जानकारीका लागि सेयर गर्नुहोला ।