काठमाडौं – शिक्षक सेवा आयोगले करार प्राथमिक तहको करार शिक्षकको सूचि सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै मनाङ र चितवन जिल्लाका प्राथमिक तहका करार शिक्षकको सूचि प्रकाशन गरेको हो । मनाङ जिल्लामा जम्मा सिफारिस सङख्या ३३ र करार सिफारिस सङख्या १७ रहेको छ भने चितवन जिल्लामा जम्मा सिफारिस सङख्या २४८ र करार सिफारिस सङख्या १२४ रहेको सूचनामा जनाइएको छ ।
आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्वारहरुको नाम नामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो । -जनबोली














