काठमाडौं -नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बिहीबारदेखि बस्ने भएको छ। आजको बैठकमा प्रस्तुत हुने विषयमा छलफल गर्न बुधबार देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो।
सभापति देउवाले बैठकमा विभाग गठनको प्रस्ताव गर्नुका साथै कार्यसम्पादन समितिको प्रस्ताव पेस गर्नेछन्। यस्तै, भ्रातृ संगठन नेविसंघमा तदर्थ समिति र कार्यावधि सकिएको तरुण दलको गठनका विषयमा पनि छलफल हुने जनाइएको छ। निर्वाचन समितिले तल्लो तहको कार्यसमिति गठनमा गरेको प्रगति पनि केन्द्रीय समितिमा पेश हुनेछ।












