हनुमानले पुच्छरमा बाँधेर दण्ड दिएका शनीले कसरी पाए माफी ?

प्रकाशित मिति:

काठमाडौं / सूर्य पुत्र शनीलाई कर्मफलका दाता मानिन्छ । सूर्यदेवका पुत्र भएर पनि शनीदेवको सम्बन्ध बाबुसँग राम्रो थिएन । त्यसैकारण शनीलाई पितृ शत्रु पनि मानिन्छ । शनी देवलाई आफ्नो प्रभुत्त्वको धेरै अभिमान थियो। देवतादानव र ऋषिमुनीहरु पनि शनीको प्रकोपबाट भयभीत रहन्थे कुनै पनि अनिष्ट नहोस भनेर ।एकपटक शनी आफ्नो प्रभाव जताउनका लागि राम भक्त हनुमान भएको ठाँउमा पुग्छन् । सो समय हनमान भगवान् को नाम सुमिरण गरिरहेका थिए । शनी देव हनुमान बसेको स्थानमा पुगेर उनलाई बाहयुद्ध ९मल्लयुद्ध को लागि चुनौती दिन थाले। जब शनीले पटकपटक उनलाई युद्धको लागि उत्तेजित गरे तब हनुमान भन्छन्शनीदेव कृपया मलाई भगवानको भजन गर्न दिनुहोस । तपाईले युद्ध गर्नको लागि धेरै देव दानव छन् तपाई उनिहरुसँग गएर युद्ध गर्नुहोस ।

तर हनुमानको यस विनम्रतालाई शनीले विपरीत भावमा लिए । शनीदेवले सम्झिए सायद हनुमान कमजोर छन् र मसँग भयभित भए। यसकारण शनी देव हनुमानलाई अझ धिक्कार्न थाले । शनीको यस धृष्टतालाई देखेर हनुमान पनि शनीलाई ललकार्दै उनिसँग युद्ध गर्न थाले । हनुमान जीसँग नामको भरोसा थियो। शनीले आफ्नो खुब ताकत लगाए, तर नाम सुमिरण गर्ने हनुमानको अघि उनको केहि सिप चलेन । आफ्नो पूँच्छरमा शनीलाई कसेर, हनुमान जीले एक पहाटबाट अर्को पहाड, एक पर्वतबाट अर्को पर्वत बजार्दै कुद्न थाले । शनी साह्रोसाह्रो कराउन थाले तथा हनुमानसँग क्षमा याचना गर्न थाले ।शनीले दयाको भीख माग्दै र दुस्खले कराउदै गरेको देखर हनुमानमा करुणा जाग्यो । उनले शनीलाई सोधे(ुपहिले तिमि बचन देउ कि अब कहिले पनि तिमि भगवानको नाम(सुमिरण गर्ने वाला भक्तलाई कुनै प्रकारको कष्ट दिने छैनौ , तब म तिमिलाई क्षमा गर्नेछू।ु शनीले हनुमानसामु वचन दिए , तब उनले क्षमा गरे , मुक्त गरे । शनीको हड्डी(छाला उप्किएको थियो । घटनमा अधिक चोट लागेकाले रगत निस्किरहेको थियो । यसकारण शनीले हनुमानसँग आफ्नो लागि केहि तेल मागे, जसलाई लगाएर मालिश गरेसँगै उनी त्तकाल ठीक भए। यसपछि शनीदेवको पूजामा शनीलाई तेल दिने गरिन्छ ।शनी ग्रहको सम्बन्धमा धेरै भ्रमहरू छन्, त्यसैले अशुभ र दुस् खी मानिन्छ। ज्योतिषीहरू पनि उनलाई दुख दिने चित्रण गर्छन् । तर शनी भनिएको जस्तो अशुभ र घातक भने छैनन् । यसकारण उनलाई शत्रु नभएर मित्र मान्न सकिन्छ । शनीले प्रकृतिमा सन्तुलन सिर्जना गर्दछन्, र हरेक जीवितलाई उचित न्याय प्रदान गर्दछन्। जसले अनुचित असमान र अप्राकृतिक पक्षलाई शरण दिन्छन्, शनीले मात्र उनीहरूलाई सताउँछन्, यातना दिन्छन्। शनी अनुराधा नक्षत्रका स्वामी हुन्।