पास्पोर्ट बोकेर बिदेश जा भन्छ सरकार।।
स्वदेशी तिमी बिदेशी बनेर आ भन्छ सरकार।
दिन सक्दैनौँ स्वदेश मा जागिर तिमीलाई।।
पसिना तिम्रो पराई माटोमा बगा भन्छ सरकार।
हजारौ युवा बाकस मा फर्किरहेको छ यहाँ।।
गल्ती गर्यॊ भोट दिएर बल्ल खा भन्छ सरकार।
सम्बिधान आएन भनेर धेरै करायौं जनता हरु।।
फल्यो धान अब अशान्ति फैला भन्छ सरकार।
भयको छ देश मा आर्थिक मन्दी. चारै तिर।।
तर गोर्खाली शिर त्यो नझुका भन्छ सरकार।












