स्वास्थ्य सेवा स्मार्ट बन्दै

प्रकाशित मिति:

बुटवल –  पछिल्लो अवस्थामा नेपालीहरु माझ मोबाइलको क्रेज बढे संगै मानिसहरुले आफ्नो दिनचर्या पनि सहज रुपमा व्यथित गर्न थालेका छन् ।

पहिले घन्टौ हिडेर स्वास्थ्य संस्थामा जानु अनि स्वास्थ्य सस्थामा पुग्दा आफुले खोजे जस्तो स्वास्थ्यकर्मी नपाउनु एउटा बाध्यता थियो अब मानिस स्वास्थ्य सस्थामा होइन तपाइको हाथमा भएको मोबाइल स्वास्थ्य सस्थामा जाने काम गर्छ र आफुलाई चाहिएको बिज्ञ स्वास्थ्यकर्मी खोजेर उसलाई भेट्ने दिन घरबाट नै थाहा हुन्छ केवल एक टचमा  एश एप ले आफ्नो वरी परि र आफ्नो नजिकै रहेका स्वास्थ्य सस्था हरु बारे जानकारी पाउनु को साथै त्यस सस्था बाट हुने सेवा हरु घरमै बसेर थाहा पाउन सख्नुहुनेछ त्यसैगरी आफ्नो नजिक भएका एम्बुलेन्स को फोन नम्बर नजिकैको अस्पतालहरुको फोन नम्बर जहाँ पनि उपलब्ध हुनेछ।

हाललाइ यो सेवा साबिकका लुम्बिनी अञ्चल भित्र रहेका स्वास्थ्य सस्था हरुको मात्र नम्बर यहाँँ उपलब्ध रहेको र बिस्तारै देसै भरिको राख्ने र सम्पूर्ण नेपालीहरुले निसुल्क प्रयोग गर्नुहुनेछ ।

यो एप प्रयोग गर्दा पैसा लाग्दैन यो पूर्ण रुपमा निसुल्क छ । यो बिरामीहरुको सहजता को लागि हामीले प्रयाश गरेका हौ। यो एप मा तपाइहरुले जन्मिए देखि अहिले सम्म प्रयोग गरेका औसधि हरुको जानकारी वा फोटो राख्न सख्नुहुनेछ र जुन सुकै बेला र जहाँ पनि तपाइको साथ मा तपाइको मोबाइल नै तपाइको स्वास्थ्य को साथी रहनेछ |