बुटवल/ समाजवादी पार्टी प्रदेश समिति प्रदेश नं. ५ को दुईदिने राजनैतिक तथा बैचारिक प्रशिक्षण बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमा पार्टी उपाध्यक्ष हेमराज राई, उपमहासचिव डम्वर खतिवडा, केन्द्रीय सदस्य मनिकर कार्की, प्रदेश सहइन्चार्ज नारायण खनाल र प्रदेश अध्यक्ष अशोक कुमार यादवले प्रशिक्षण दिंदै । अबको चुनावसम्म समाजवादी पार्टी पहिलो वैकल्पिक शक्ति बन्ने धारणा राखे । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश ईन्चार्ज दानबहादुर चौधरी,सहईन्चार्ज चिनक कुर्मी, नवीन सुनुवार लगायत केन्द्रीय सदस्य, सङ्घीय परिषद सदस्य,प्रदेश समिति सदस्य,जिल्ला समन्वय समितिका पदाधिकारी लगायत विभिन्न जनसंगठनका प्रमुखहरु,स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पार्टी प्रदेश समितिले संचालन गर्न थालेको २ महिने संगठन अभियानको कार्यक्रम अन्तरगत प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको प्रदेश अध्यक्ष यादवले बताए । प्रशिक्षणमा गुल्मी, पाल्पा, अर्घाखाँची , नवलपरासी,रुपन्देही र कपिलबस्तु जिल्लाका नेता र जनप्रतिनिधिहरुको सहभागिता थियो । प्रशिक्षण कार्यक्रमा ने.क.पा.गुल्मी जिल्ला सचिवालय सदस्य कृष्ण बि.क.,ने.क.पा.जिल्ला सदस्य कालिन्धर नेपाली तथा विद्यार्थी नेता विकास नेपाली र करिना बि.क. समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई समाजवादी पार्टीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । अब प्रदेश ५ अन्तर्गतका दाङ,बाँके बर्दिया,प्युठान,रोल्पा ,रुकुमका प्रतिनिधिहरुको लागि पौष १६ र १७ गते बांकेमा पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा प्रशिक्षण हुने पार्टीका प्रदेश ५ का प्रमुख सचिव यज्ञ पोखरेलले जानकारी दिए ।












