बूढानीलकण्ठ पुगेर प्रचण्डले देउवालाई भेटेपछि …

प्रकाशित मिति:

काठमाडौं –  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। सोमबार देउवाको बूढानीलकण्ठ निवासमा पुगेर प्रचण्डले भेट गरेका हुन्। नेकपाभित्र सभामुख, एमसिसी विवादले चर्काचर्की परिरहँदा प्रचण्डले देउवालाई भेट गरेका हुन्। प्रचण्ड र देउवाबीच समसामयिक राजनीतिक भेटघाट मात्रै भएको बताइएको छ। अध्यक्ष प्रचण्ड र देउवाबीचको भेटमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनको विषयमा पनि छलफल भएको हाे। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एक पद दाबी गरिरहेको कांग्रेसले सभामुख चयनको बेलामा प्रचण्ड–देउवाको भेटलाई महत्वाकांक्षी भएको बुझिन्छ।

तर, नेकपाले कांग्रेसलाइ दुवै पद दिन चाहेकाे देखिँदैन। प्रचण्ड र देउवाकाे भेटले राजनीतिमा नयाँ खिचडी पाक्नेसक्ने आँकलनसमेत गरिएकाे छ। यता, कांग्रेसमा पनि विवादले जरो गाडिएको छ। सभापति देउवा र असतुष्ट रामचन्द्र पौडेपक्षबीच किचलोले उग्ररूप लिइरहँदा उनीहरूले भेट गरेका हुन्। यसअघि पनि प्रचण्डले देउवासँग बूढानीलकण्ठ पुगेर भेट गरेका थिए। पार्टीभित्र आन्तरिक किचलोले उग्ररूप लिइरहँदा अध्यक्ष प्रचण्ड सभापति देउवासँग गरेको भेटले पार्टीभित्र तरङ पैदा भएका थियो। देउवा प्रचण्डको भेटको विषयलाई लिएर नेपाली राजनीतिमा फेरि नयाँ मोड लिन सक्नेसमेत आँकलन सुरु भएको छ। यसअघिको भेटमा पनि नेकपाभित्र स्थायी कमिटीको बैठक पार्टी संगठनात्मक एकीकरणको बाँकी कामको विषयमा छलफल र निर्णय, पार्टीको कार्ययोजना तय गर्ने तर्खरको बेलमा पनि प्रचण्डले देउवालाई भेट गरेका थिए। पार्टी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलका सभापति देउवालाई भेट गरेपछि भित्रभित्रै विभिन्न खालको खिचडी पाक्न थालेको भन्दै मिश्रित प्रतिक्रिया आइरहेको छ।