राम राज शर्मा
स्थानिय चुनाव सम्पन्न भएर जनप्रतिनिधीहरुले काम सुरु गरेको पनि निकै भईसक्यो । प्रान्तिय सरकार गठन भएर आर्थिक बर्षको बजेट तथा कार्यक्रम पास भएको पनि निकै भयो । चुनावको बेलामा जनतालाई हुने नहुने आश्वासनहरु बाडियो तर काम सुन्य प्राय छ। एउटा प्रदेशको राजाधानी र नामाकरण निस्चित गर्ननै महाभारत भो । स्मार्ट सिटीका गफहरु सेलाउदै गए । हाम्रो क्षेत्रको वालिङ्ग नगरपालिकाले भने केही उत्साहजनक कामहरु गर्दै सारा नेपालका अन्य स्थानिय निकायहरुको लागी नमुना बनेको छ। हो बिकास एकैपटक फुत्त गोजीबाट निकालेर बाडने चिज होइन समय पक्कै लाग्छ तर सुरुवाती छेकछन्द बाट थाहा हुन्छ हाम्रा प्रतिनिधीहरुले ठीक मार्ग समातेका छन की छैनन भन्ने। आधिकाँश प्रान्तिय सरकार र स्थानिय निकायहरु निकम्मा साबित हुँदै गैरहेका छन। सँघियताको सुरुवाती चरणमा रहेको हुनाले केही नितीगत र अधिकार क्षेत्र सम्बन्धी बिबादहरु नभएका होइनन तथापी कामगर्ने बातावरण नभएको भने होइन। केन्द्र देखी प्रान्त अनी अधेँकाश स्थानिय निकायहरु नेकपाको नेत्रित्वमा छन अर्थात काम गर्ने बातावरण छ उनिहरुलाई बरु वालिङ्ग जस्तै काङ्रेसले जितेका स्थानहरुमा उनिहरुलाई केही गार्हो होला काम गर्न। यस्तो अवस्थामा पनि वालिङ्ग नगरपालिकाले जती उदारणिय काम गरेको छ त्यो निकै प्रसंशा योग्य देखिन्छ ।
अहिले हाम्रा गाउपालिका र नगरपालिकाहरु कर को बिबादमा फसेका छन । पक्कैपनी बिकास गर्नको लागी पैसा चाहिन्छ त्यो पैसा जनताबाट कर मार्फत नै जम्मा गर्ने हो तर यसो भन्दैमा स्याना भन्दा स्याना र निम्न आय भएका ब्यबसायी समेतलाई चर्को कर लगाएर जनतामारा काम गरेका छन हाम्रा स्थानिय सरकारहरुले। करको दायरा फराकिलो पार्ने तर्फ सोचिएको देखिन्न। उच्च आम्दानी गर्नेहरुलाई करको दर फरक पार्दै धेरै भन्दा धेरैलाई करको घेराभित्र ल्याउने र निम्न आय भएका परिवारलाई त्यही जम्मा गरिएको पैसा बाट सुबिधा दिनुपर्ने समाजबादी निती अंगालेको खै ? तर यो लेख मार्फत यी याबत कुराहरु भन्दापनी स्याङ्जा पुतलीबजार नगरपालिका क्षेत्र वरपरका सम्भावना के के छन र दिर्घकालिन कार्यक्रममा के कस्ता योजना ल्याउनु आबश्यक छ भनेर केही चर्चा गरिएको छ ।
केबुलकार
सतौं स्थित चन्डिथान एउटा ऐतिहासिक र प्रसिद्ध धर्मिक स्थल हो। सतौंका राजाको किल्ला र मन्दिरको कारण उक्त स्थान निकै महत्वपूर्ण छ। तर प्रचार प्रसारको अभाव र पहुँच मार्गको अभावले गर्दा उक्त महत्वपूर्णस्थल धेरै समय गुमनाम रहयो। अहिले सडकमार्ग बाट पुग्न सकिने भएतापनी धेरै मनिसलाई सुचना पुग्नसकेको देखिन्न। समुन्द्र सतहदेखी १३२० मी. को उचाइमा रहेको चन्डिथानलाई पुतली बजारको राङखोलाअथवा सुमुरेखोला आसपासबाट केबलकार निर्माण गरी जोडन सकिन्छ । केबलकार धेरै मनिसहरुकोरोजाइको मध्याम हो। लगभग २.४ किलोमिटरको दुरी केबलकारले जोडेर देश बिदेशमा उक्त मन्दिरकोप्रचार प्रसार गर्नेहो भने लाखौं धर्मिक पर्यटक भित्र्याउन सफल नहुने कुरै छैन। रोजगारीका धेरै अबसरसिर्जना हुनेछन भने सतौंमा उत्पादित कृषी उत्पादनलाई केही मिनेटमै बजार ल्याउन सकिन्छ बिशेष गरी दुधआपुर्तीको लागी प्रख्यात सतौंलाई केबलकार बरदान नै सबित हुनेछ। अर्कोतर्फ बहाकोट र राङ्गभाङ्ग देखी स्याङ्जा बजार सम्म ग्राभिटी केबलकार राखेर कृषी उत्पादनहरुको बजार सहजिकरण गर्न सकिने प्रबल सम्भावना छ।
भालुपहाडमा जलबिद्युत र जल मनोरन्जन
फेदिखोला र भाट्खोला मिसियर बनेको सेतीखोलामा जलबिद्युतको सम्भावना छ। बिक्रम संबत २०४२\ ४३साल तिर निर्माण भएर केही बर्ष संचालनमा रहेको रहेको ८० किलोवाट क्षमताको सेतीखोला जलबिद्युत आयोजना अहिले जिर्ण र बन्द अवस्थामा रहेको छ। सामुदायिक परीयोजना बनाएर संचालनमा ल्याउने प्रयासआजसम्म सफल भएको देखिन्न। अब स्थानिय सरकारले उक्त आयोजनालाई महत्व दिदै पुनर्निर्माण गर्नुपर्दछ। पूर्ण क्षमतामा चल्ने हो भने वार्षिक ४० लाख भन्दा धेरै आम्दानी हुनसक्ने उक्त आयोजना स्थानियनिकायको लागी एउटा मुख्य आयश्रोत् हुनसक्छ। भालुपहाडको सेतीखोलाले घेरेको पहाड भन्दा केही माथीदश मिटर सम्मको अग्लो बाँध बाधेर अर्को जलबिद्युत आयोजना निर्माण गर्न सकिने ठाँउ हो। लगभग ४००मिटरको दुरीमै ५० मिटर हराहारीको हेड (उचाइ ) रहेको उक्त स्थानमा बाँध बनाउदा बन्ने जलासयलाईबिभिन्न जल मनोरन्जनको लागी प्रयोग गर्न सकिन्छ। माछापालन गर्दै फिसिङ्गको सुबिधा, बोटिङ्गको सुबिधा, पर्यटकिय जलबिहार का साथै बन्जी जम्पको सम्भावना छ। उक्त स्थानलाई चलचित्र सुटिङको उपयुक्तस्थानको रुपमा बिकास गर्न पनि सकिन्छ। उत्पादित जलबिद्युत सम्बन्धित स्थानिय सरकारको लागी ठुलोआयश्रोत हुनेनै छ र प्रत्यक्ष र अप्रतक्ष्य गरी निकै धेरै रोजगारी सिर्जना हुनेछन। रक क्लाइम्बिङ्ग पनि प्रचुर सम्भावना भएको ठाँउहो भालु पहाड , एउटा आकर्षक पर्यटकिय केन्द्र बनाउन सकिन्छ भालुपहाड लाई।
स्याङ्जा पोखरा सुरुङ्ग मार्ग
स्याङ्जा बजार देखी पोखरा सम्म ३४ किलोमिटरको दुरी रहेको र सरदर यात्रा समय १ घण्टा लाग्ने गरेको छ।यात्रा समय धेरै हुनु को कारण सडक निकै उकालो ओरालो तथा घुम्ती युक्त भएको हुनाले हो तथापीसडकमार्गको भौगोलिक अवस्था भरपर्दो नै छ। सम्पूर्ण स्याङ्जा बासीहरुको लागी पोखरा मुख्य ब्यापारिककेन्द्र हो। यो मार्गलाई थप सुरक्षित र छोटो बनाउन सक्ने हो भने धेरै द्रिस्टीकोणबाट फाईदाजनक देखिन्छ।स्याङ्जाको गूडीखोला वा बाडखोला देखी पोखरा छोरेपाटन सम्म सुरुङ्ग मार्ग बनाउन सकिने भौगोलिकबनोट छ। यो मार्ग जम्मा ११ किलोमिटर लामो हुने हुनाले पोखरा सम्मको यात्रा १ घण्टा बाट घटेर १५ मिनेटमैपुरा गर्न सकिन्छ। समयको बचत् मात्रै होइन इन्धन को बचत, सुरक्षित यात्रा, यातायात खर्च निकै घटने बातावरण मैत्री र त्यो भन्दा ठुलो सम्पन्नताको नमुना हो सुरुङ्ग मार्ग । यतिबेला सुरुङ्गमार्ग बनाउन सक्ने हैसियत हाम्रा स्थानिय निकायहरुसङ्ग पक्कै छैन तर भबिश्यमा निजी क्षेत्रको सहकार्य गर्दै अगाडी बढने हो भने असम्भव छैन।
आँधीखोलामा जल यातायात
आँधीखोलाको ऐतिहासिक र धर्मिक महत्व छ तर पनि प्रचार प्रसार नहुनाले धार्मिक पर्यटकहरु भित्र्याउनसकिएको छैन। अब दिर्घकालिन रुपमा सेतीदोभन देखी वालिङग बजार सम्म जलमार्गको बिकास गर्नेअबधारणा राखी सोही अनुरुप अगाडी बढ्ने हो भने त्यो एउटा आकर्षक योजना बन्न सक्छ। लगभग तिसकिलोमिटर लामो दुरीमा एक सय पचास मिटरको मात्रै उँचाइ फरक रहेको हुनाले जलमार्ग बनाउन उपयुक्तग्रेडियन्ट रहेको देखिन्छ। उचित इन्जिनियरिङ्ग प्रयोग गरी आबश्यक ठाँउ हरुमा तटबन्ध, होचा बाँध जसलाई वेयर (धभष्च) भनिन्छ, र आबश्यक ठाँउहरुमा नदी सतह घट बढ गरेर आबश्यक जलमार्ग बनाउन सकिन्छ।यो एउटा ठुलै पारीयोजना हुने हुनाले बहु उदश्यिए परीयोजनाको रुपमा बिकास गर्नु पर्ने हुन्छ। दाँया बाँयाकाफाँटहरुमा सिंचाइ, ठाँउ ठाँउमा लो हेड जल बिद्युत आयोजना, माछा पालन र सुरक्षित पौडी पोखरीहरु लगायत अन्य कुराहरुलाई उक्त योजना सँगै जोडेर ल्याउन सकिन्छ। यो एउटा महत्वकांछी योजना भएतापनि असम्भव भने पक्कै होइन। स्वेज नहर र पनामा नहर हेरेर मात्रै कती बस्ने ? हाम्रा नदीहरुमा त्यो सम्भव छ भने किन दिर्घकालिन योजनाको रुपमा अगाडी नल्याउने ?
अन्त्यमा
स्थानिय निकायहरुमा स्याना ठुला अनेक समस्याहरु छन, फोहोर ब्यबस्थापना सडकमार्गको पँहुच, ढल निकास, सिचाइ, कृषी उत्पादनको बजार बिद्युतीकरण जस्ता समस्याहरु हुँदा हुँदैपनि स्थानिय निकायहरुले दिर्घकालिन योजनाहरुको परीकल्पना र योजना तर्जुमा गर्नु आबश्यक छ।अल्पकालिन र दिर्घकालिन योजना तर्जुमा गर्दै आवश्यकता अनुसार क्रमिक रुपमा जनतालाई सुबिधा सम्पन्नबस्ती निर्माणमा जुटनु बुद्धीमतापूर्ण हुनेछ । बिकसित देशहरुले पचासौ बर्षपछी को आवश्यकता हेरेर सोहीअनुरुप नयाँ नयाँ योजनाहरु तर्जुमा गर्छन । हामीहरु पनि अब सोही अनुरुप चल्नु जरुरी छ। आजकोबैज्ञानीक युगमा माथी लेखिएका मोडेलहरु सामान्य हुन। केबल चहियो नेत्रित्वको इच्छाशक्ती र दृढता ।












