ॐ आज आइतवार, यस्ता कार्यका निम्ति आजको दिन शुभ रहनेछ जान्नुहोस् !

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल माघ महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १९ तारिख, आइतवार हो । सृष्टिदेखि लसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् ।

कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघकृष्णपक्षको दशमी तिथि बिहानका राति ५।८ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् ।

सूर्य मकर राशिमा, चन्द्रमा तुला र बृहस्पति धनु राशिमा छन् । विशाखा नक्षत्र राति २।१६ बजेसम्म रहनेछन् । यसैगरी आज शूलम् योग, वणिज करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३२ बजे हुनेछ ।

आज आइतवार, सूर्य भगवान्को उपासना शुभ रहनेछ । यसैगरी पतः कालमा सूर्यभगवान्लाई अर्घप्रदानका साथै आदित्यहृदयस्तोत्र पाठ पनि आज शुभफलदायी रहनेछ । – उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्