प्रेस सल्लाहकारमा रेखा भुषाल
सबलपोस्ट / तिलोत्तमा – तिलोत्तमा बहुमुखी सहकारी संस्था लिको अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको १७ औं नियमित मासिक बैठकले विभिन्न नितिगत निर्णयहरू गर्नुका साथै तिलोत्तमा उद्योग बाणिज्य संघद्वारा आयोजित औद्योगिक प्रदर्शनी तथा व्यापार मेला लाई सफल बनाउन सक्रिय सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरी TMC sister’s society को उत्पादन बजारीकरणका लागि प्रदर्शनीमा स्टल राख्ने निर्णयलाई अनुमोदन गरेको छ ।
साथै संस्थाका सल्लाहकार रामकृष्ण खाँण राष्ट्रिय सहकारी महासंघको संचालक सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ । त्यसैगरी संस्थाको प्रेस सल्लाहकारमा प्रेस युनियन रुपन्देहीको अध्यक्ष रेखा भुषाललाई मनोनयन गर्ने निर्णय गरेको छ । संस्थाका सचिव पार्वती थापाले संचालन गरेको उक्त बैठकमा संस्थाका संरक्षक यमबहादुर खत्री , निवर्तमान अध्यक्ष ढाल बहादुर कार्की लगायतले बोल्नु भएको थियो ।










