प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ ।

कांग्रेसले आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठकमा अवरोध गरेको हो ।