कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा महाधिवेशनको तयारीस्वरुप विभिन्न समिति गठनको प्रस्ताव प्रस्तुत हुने बुझिएको छ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजय गच्छदारलाई ललिता निवास जग्गा अनियमिततामा मुद्दा चलाएको विषयमा पनि छलफल हुने जनाइएको छ।

कांग्रेसले जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएको तर अन्य राजनीतिक दलका नेतालाई मुद्दा चलाएको भन्दै सदन र सडकबाट विरोध गरिरहेको छ।