जुठो खाँदा हङकङमा एकै परिवारका ९ जनालाई भयो कोरोना संक्रमण

प्रकाशित मिति:

हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना आपसमा साटासाट गरेर खाएका थिए ।

जुठो खाँदा एकै परिवारका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको भनिए पनि ९ जनामध्ये कसलाई त्यो संक्रमण थियो र सर्यो भन्ने विषयमा समाचारमा खुलाइएको छैन । यही जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएका थिए ।